Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • द्वन्द्वकालीन मुद्दामा सर्वोच्चले हस्तक्षेप गरे देश द्वन्द्वमा जान्छ : पञ्चा सिंह

    द्वन्द्वकालीन मुद्दामा सर्वोच्चले हस्तक्षेप गरे देश द्वन्द्वमा जान्छ : पञ्चा सिंह

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 525
    SHARES

    काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले देशलाई द्वन्द्वको आगोमा होमेर रोटी सेक्न मन पराउनेविरुद्ध सङ्घर्षमा उत्रिने चेतावनी दिएकी छन् ।

    बुधबार विज्ञप्ति जारी गर्दै उनले शान्ति प्रक्रियाका बाँकी काम रोक्न खोजिएको बताएकी हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा दर्ता गर्नु आपत्तिजनक भएको उनको ठहर छ ।



    जनयुद्धकालीन मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोग मार्फत टुङ्गो लगाउनु पर्ने सिंहले बताइन् ।



    ‘हामी चाहन्छौँ द्वन्दकालीन मुद्दाहरुको बारेमा आयोगहरु मार्फत छिटो भन्दा छिटो काम सम्पन्न होस् तर विभिन्न वाहनामा हिजो त्च्ऋ विधेयक रोकेर शान्ति प्रक्रियाको वाँकी काम सम्पन्न गर्न नदिने को हुन् हामीले चिनेकै छौँ । आज तिनै शक्तीहरु फेरि सक्रिय हुन खोजिरहेका छन। देशलाई द्वन्दको आगोमा होमेर रोटी सेक्न मन पराउने त्यस्ता शक्तीहरुको विरुद्ध संघर्ष गर्न अखिल क्रान्तिकारी सधै तैयार छ,’ विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार