Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

    अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्र विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

    अदालतले सिंहसहित छ जनाविरूद्ध पुर्जी जारी गरेको छ । किटानी दर्ता भएका ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको हो । पदमबहादुर रावत, पञ्चा सिंह, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अली कार्कीविरूद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत सुर्खेतले जनाएको छ ।



    १५ वर्षअघि भएको हत्याको घटनामा सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । २०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या भएको थियो।



    सुर्खेत वीरेन्द्रनगरस्थित जनमाविमा राजबहादुरको हत्या भएको थियो । हत्याको अभियोगमा प्रहरी कार्यालयमा ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार