Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गोल्डेन बुट दौडमा अर्जेन्टिनाका कप्तान मेस्सी अगाडि

    गोल्डेन बुट दौडमा अर्जेन्टिनाका कप्तान मेस्सी अगाडि

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 648
    SHARES

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा गोल्डेन बुटका लागि अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी अगाडि रहेका छन् ।

    आज बिहान भएको दोस्रो सेमिफाइनलमा फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेले गोल गर्न नसक्दा गोल्डेन बुटमा मेस्सीको सम्भावना बलियो बनेको हो ।



    गोल्डेन बुट र गोल्डेन बलका लागि फ्रान्स र अर्जेन्टिनाका खेलाडीलाई दाबेदारको रुपमा हेरिएको छ । तर मुख्य प्रतिस्पर्धा मेस्सी र एम्बाप्पेबीच नै देखिएको छ । दुवै खेलाडीले ५/५ गोल गरेका छन् ।



    असिस्टको आधारमा लिओनल मेस्सी सूचीको शीर्षस्थानमा रहेका छन् । फिफाको नियम अनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा त्योभन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट सङ्ख्या गणना हुनेछ ।

    असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन् । मेस्सीको ३ असिस्ट र एम्बाप्पेको २ असिस्ट रहेको छ। दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको छ ।

    फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँग आइतवार खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार