Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकाले युक्रेनलाई ८० करोड डलर सुरक्षा सहायता दिने

    अमेरिकाले युक्रेनलाई ८० करोड डलर सुरक्षा सहायता दिने

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 930
    SHARES

    एजेन्सी । अमेरिकी संसद्को माथिल्लो सदन सिनेटले देशको वार्षिक रक्षा खर्चका लागि कीर्तिमान ८५८ अर्ब डलर रकमलाई स्वीकृति दिने विधेयक पारित गरेको छ ।

    त्यसमा युक्रेनको सुरक्षा सहायताका लागि छुट्ट्याइएको ८० करोड डलर पनि समावेश छ । यस विधेयकले युक्रेन सुरक्षा सहायता पहल नामक कार्यक्रमलाई निरन्तरता दिएको छ ।



    उक्त कार्यक्रमअन्तर्गत अमेरिकाको संघीय सरकारले युक्रेनलाई पठाउनका लागि बनाइने हतियारको पैसा तिर्ने गर्छ ।



    अमेरिकासँग अहिले भइरहेको हतियार भण्डारबाट हतियार झिक्ने भन्दा पनि नयाँ हतियार बनाउनेमा यस कार्यक्रमले जोड दिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार