Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • शान्ति मिशनमा खटिने नेपाली सेनाको संख्या इतिहासमै धेरै, ४२९ जना महिला मात्रै

    शान्ति मिशनमा खटिने नेपाली सेनाको संख्या इतिहासमै धेरै, ४२९ जना महिला मात्रै

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 888
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिशनमा खटिने नेपाली सेनाको संख्या ६ हजार १६ पुगेको छ ।

    जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाका अनुसार यो संख्या इतिहासमै सबै भन्दा धेरे हो । जसमध्ये ४२९ जना महिलाहरू रहेका छन् । उनीहरू विभिन्न मुलुकका १२ वटा मिशनमा खटिएका छन् ।



    पछिल्लो समय नेपालबाट गत मंसिर २७ गते नेपाली सेनाको ‘लाइट इन्फ्यान्ट्री बटालियन’को अन्तिम डफ्फाबाट २ सय २ जना सेनाहरू शान्ति मिसनका प्रस्थान गरेका थिए।



    राष्ट्र संघको शान्ति मिशनमा खटिने नेपाली सेनाको संख्या विश्वमै तेस्रो ठूलो हो। नेपालबाट हालसम्म १ लाख ४२ हजार ५८५ जना सैनिकहरू विभिन्न मिशनमा खटिएका छन्। तीमध्ये १ हजार ९८२ जना महिला रहेको जङ्गी अड्डाले जनाएको छ।

    विश्व शान्ति स्थापनाको यात्रामा हालसम्म ७१ जना नेपाली सेनाका शान्ति सैनिकहरूले सहादत प्राप्त गरेका छन् भने ६८ जना घाइते भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार