Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बूढानीलकण्ठमा विश्व खाद्य कार्यक्रमको कार्यालय खोलेर ठगी गर्ने दुई जना पक्राउ

    बूढानीलकण्ठमा विश्व खाद्य कार्यक्रमको कार्यालय खोलेर ठगी गर्ने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 612
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । बूढानीलकण्ठमा संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रमको नक्कली कार्यालय खडा गरेको भेटिएको छ ।

    काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ मा विष्णुबहादुर गुरुङको दुई तले पक्की भवन भाडामा लिएर कार्यालय खोलेको भेटिएको हो ।



    जिल्ला प्रहरी परिसर काठमाडौंले विश्व खाद्य कार्यक्रमको कार्यालय खोलेर ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।



    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-९ घर भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४७ वर्षीय घन श्याम कटुवाल र मकवानपुरको बागमती गाउँपालिका-९ घर भई काठमाडौं जिल्ला बूढानीलकण्ठ-५ बस्ने ४० वर्षीय लिलाबहादुर भोलोन रहेका छन्।

    यी घटनामा संलग्न भएका अन्य तीन जना फरार रहेका छन्। मकवानपुरका भीम भोलोन, मिलन तामाङ र पेम्बा तामाङ फरार छन्।

    उनीहरुले १ जेठ २०८० देखि डब्लूएफपीको नक्कली कार्यालय खडा गरेको भेटिएको छ । पक्राउ परेकाहरू विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार