Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

    १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 462
    SHARES

    काठमाडौं । तेह्रथुममा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाचँथर फिदिमका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा फिदिम नगरपालिका–३ बस्ने ३९ वर्षीय नरेन्द्र राई रहेको प्रहरी चौकी चुहानडाँडाले जनाएको छ ।



    राईलाई हिजो (शनिबार) दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो ।



    ती किशोरीलाई राईले मंसिर २८ गते तेह्रथुम आठराई गाउँपालिका पिलेस्थित झाडीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चुहानडाँडा तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार