Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भन्सार छली ल्याएका मोबाइलसहित एक जना पक्राउ 

    भन्सार छली ल्याएका मोबाइलसहित एक जना पक्राउ 

    अनलाइन नेपाल
  • बिहिबार, १९ जेष्ठ २०७९
  • 843
    SHARES

    काठमाडौं । अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याईएका मोवाईल सहित एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भारतको बिहार बैशाली घर भई हाल काठमाडौंको कंलकी बस्ने २८ बर्षीय जमशेद अलि रहेका छन् ।



    उनलाई न्युरोड स्थित ताम्राकार कम्प्लेक्समा रहेको जेम्स मोवाईल रिपेयर पसलबाट पक्राउ गरिएको हो ।



    उनको साथबाट आइफोन १३ म्याक्स २ थान, आइफोन १२-१, आइफोन११-५, आइफोन-८ ३ थान, वान प्लस र रेडमी ब्रान्डका एक एक थान फोन बरामद गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    उनलाई आवश्यक कारबाहिको लागी त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार