Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ११ केजी चाँदीसहित एक जना पक्राउ

    ११ केजी चाँदीसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 369
    SHARES

    विराटनगर । जिल्ला प्रहरी परिसर काठमाडौंले ११ केजी ६८ चाँदीका गहनासहित एक जनालाई पक्राउ गरेको छ ।

    रुपन्देही तिलोत्तका ४४ वर्षीय रामचन्द्र थारुलाई चाँदीका गहनासहित नागढुङ्गास्थित चेकप्वाइन्टबाट प्रहरीले पक्राउ गरेको हो ।



    रुपन्देही देखि काठमाडौं आउदैँ गरेको लु १ ख८६२५ नंम्बरको यात्रुवाहक सार्वजनिक बस चेकजाँच गर्दा चालाकको सिटमुनी दुई वटा प्लाष्टिको डिब्बा भित्र राखिएको चाँदीका गहना फेला परेका थिए ।



    प्रहरीका अनुसार थारुवाट ब्रासलेट १.२५८ किलो, ठुलो प्रकारको ब्रासलेट ०.८३० किलोग्राम,सिक्री ४.२८६ किलोग्राम र मसिनो सिक्रि ५.३०६ किलोग्राम वरामद गरिएको छ ।

    तयारी गहनासहित पक्राउ परेका बस चालक थारुलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार