Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आरजु राणा भन्छिन् – मलाई ज्योतिष ज्ञान आउँदैन, तर प्रधानमन्त्री शेरबहादुरजी नै बन्नुहुन्छ

    आरजु राणा भन्छिन् – मलाई ज्योतिष ज्ञान आउँदैन, तर प्रधानमन्त्री शेरबहादुरजी नै बन्नुहुन्छ

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 708
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले नयाँ सरकारको नेतृत्व शेरबहादुर देउवाले नै गर्ने बताएकी छन् ।

    निर्वाचन आयोगबाट समानुपातिक सांसदको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता राणाले कांग्रेस ठूलो पार्टी भएकोले सरकारको नेतृत्व देउवाले नै गर्ने बताएकी हुन् ।



    आरजुले भनिन्, ‘मेरो कुनै तयारी छैन, पार्टीलाई लार्जेष्ट बनाएकोले शेरबहादुर देउवा नै संसदीय दलको नेतामा लड्नु हुन्छ । गठबन्धनभित्रको सबभन्दा ठूलो दलको नेताको हैसियमा प्रधामन्त्री पनि उहाँ नै हो ।’



    नेता राणाले संसदीय दलको नेताका लागि कांग्रेसभित्र चुनाव हुनु स्वभाविक भएको बताइन् ।

    राणाले भनिन्, ‘मलाई ज्योतिष ज्ञान आउँदैन । अहिले हेर्दा त शेरबहादुरजी नै प्रधानमन्त्री बनिनुहुन्छ जस्तो लाग्छ । ठूलो दल पनि हाम्रै छ संख्या पनि हाम्रै धेरै छ ।’

    प्रधानमन्त्रीका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी अस्वाभाविक नभएको उनको भनाई छ । उनले प्रधानमन्त्री पदमा सबै दलको दाबी भएको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार