Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माधव नेपाल भेटेपछि वामदेवको प्रतिक्रिया- मुलुक अब मध्यावधि निर्वाचनमा जान्छ

    माधव नेपाल भेटेपछि वामदेवको प्रतिक्रिया- मुलुक अब मध्यावधि निर्वाचनमा जान्छ

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 606
    SHARES

    काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले मुलुक अब मध्यावधि निर्वाचनमा जाने बताएका छन् ।

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्तापछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै गौतमले यस्तो बताएका हुन् ।



    उनले अहिलेको निर्वाचनमा कसैको पनि बहुमत नआएको र संसद्मा दलहरुको उपस्थिति हेर्दा मुलुक मध्यावधि निर्वाचनमा जाने सम्भावना बढेर गएको दाबी गरे ।



    एकीकृत समाजवादीका अध्यक्ष नेपालाई भेट्न गौतम आइतबार बिहान आलोकनगरस्थित पार्टी कार्यालय पुगेका थिए ।

    एकता राष्ट्रिय अभियानका संयोजक गौतम कम्युनिष्ट शक्तिहरुलाई एक गराउने अभियानमा जुटेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार