Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • किसानका मुद्दा सम्बोधन गर्नेलाई सरकार गठनमा सहयोग गर्छौ : सीके राउत

    किसानका मुद्दा सम्बोधन गर्नेलाई सरकार गठनमा सहयोग गर्छौ : सीके राउत

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 555
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरुले उठाएको किसानका मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता गर्नेलाई सरकार गठनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    सोमबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै राउतले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । आफूहरुले किसानको मुद्दा उठाएर आएकाले सो मुद्दाहरु सम्बोधन हुनुपर्ने उनको माग छ ।



    उनले आफ्नो पार्टीले उठाएको किसानको मुद्दाका साथसाथै शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दामा सुधार गर्ने प्रतिवद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउने बताए ।



    सरकार गठनका लागि कसैको पनि स्पष्ट बहुमत नआएको अवस्थामा सरकार गठनका लागि निकास दिनु आफूहरुको जिम्मेवारी भएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार