Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • चार्ल्स शोभराज आज थुनामुक्त हुँदै, आजै फ्रान्स पठाउने तयारी

    चार्ल्स शोभराज आज थुनामुक्त हुँदै, आजै फ्रान्स पठाउने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 723
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हत्यासहितका विभिन्न अपराधमा नेपालको जेलमा १९ वर्षदेखि सजाय काटिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज थुनामुक्त हुँदै छन् ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त ईजलासले बुधबार शोभराजलाई थुनामुक्त गर्न आदेश दिए अनुसार उनलाई आज थुनामुक्त गर्न लागिएको हो । कार्यालय खुलेर अदालतको पत्र केन्द्रीय कारागारमा पुगेपछि उनलाई छाड्ने प्रक्रिया सुरु हुने बताइएको छ ।



    भक्तपुर जिल्ला अदालतमा पनि शोभराजको अर्को मुद्दा रहेकाले केन्द्रीय कारागारबाट उनलाई भक्तपुर लगिने र त्यहाँ बाँकी प्रक्रिया पूरा गरेर सिधै विमानस्थल लगेर फ्रान्स पठाउने तयारी भईरहेको बुझिएको छ ।



    अन्तर्राष्ट्रिय रुपमै कुख्यात हत्याराको परिचय बनाएका शोभराज सन् २००३ मा पक्राउ परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार