Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • चार्ल्स शोभराजलाई कारागारले अध्यागमन बुझाएर फ्रान्स ‘डिपोर्ट’ गर्ने तयारी

    चार्ल्स शोभराजलाई कारागारले अध्यागमन बुझाएर फ्रान्स ‘डिपोर्ट’ गर्ने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 450
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त हुन लागेका सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई कारागारले अध्यागमन विभागलाई बुझाउने भएको छ।

    केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका उनलाई कैदमुक्त गरी अध्यागम विभाग बुझाउन लागिएको हो । विभागबाटै उनलाई उनको मुलुक फ्रान्स ‘डिपोर्ट’ गरिने बताइएको छ ।



    बुधबार उनलाई जेलमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।



    जिल्ला अदालत भक्तपुरले केन्द्रीय कारागारलाई पत्र लेख्दै अन्य कुनै मुद्दामा शोभराजलाई सजाय नतोकिएको पत्र पठाएको जेलर ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।

    उनका अनुसार काठमाडौं जिल्ला अदालतमा पनि बुझ्ने काम भइरहेको छ । उनीमाथि २० भन्दा बढी व्यक्तिको हत्या गरेको अभियोग छ ।

    सन् २००३ मा उनलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । सन् १९७५ मा नेपाल आएका एक अमेरिकी र एक क्यानडेली नागरिकको हत्या अभियोगमा उनी पक्राउ परेका थिए ।

    २००४ मा अदालतले उनलाई आजीवन कारावासको सजाए सुनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार