Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराज शुक्रबारमात्रै कैदमुक्त हुने

    कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराज शुक्रबारमात्रै कैदमुक्त हुने

    अनलाइन नेपाल
  • बिहिबार, ७ पुष २०७९
  • 1K
    SHARES

    काठमाडौं । कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराज भोलिमात्रै छुट्ने भएका छन् ।

    अध्यागमन विभागमा उनलाई राख्ने अलग्गै ठाउँ नभएपछि केन्द्रीय कारागारले भोलिमात्रै कैदमुक्त गर्ने भएको हो ।



    सर्वोच्च अदालतको बुधबार र काठमाडौं र भक्तपुर अदालतको बिहीबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त हुने छन् । उनलाई भोलि नै अध्यागमन विभागलाई बुझाउने बताइएको छ ।



    केन्द्रीय कारागार प्रशासनले शोभराजलाई फ्रान्स फिर्ता पठाउने गरी शुक्रबार अध्यागमन विभागको जिम्मा लगाउने भएको हो । कारागारले बिहीबार साँझ नै शोभराजलाई अध्यागमन विभाग पठाउने तयारी गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार