Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराज आज रिहा हुँदै, स्वदेश फिर्ता गर्ने तयारी

    कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराज आज रिहा हुँदै, स्वदेश फिर्ता गर्ने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 984
    SHARES

    फाइल तस्विर

    काठमाडौं । विश्व कुख्यात ‘बिकिनी किलर’ का रूपमा चिनिएका चार्ल्स शोभराज आज रिहा हुँदै छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी आज जेलमुक्त हुन लागेका हुन् ।

    बिहीबार नै रिहा हुने भनिए पनि केही प्रक्रिया अझै बाँकी रहेका कारण उनी आज रिहा हुने छन् । उनी आज बिहान १० बजे रिहा हुने सम्भावना छ । चार्ल्स शोभराजलाई आज अध्यागमनलाई बुझाएर प्रक्रियाअनुसार स्वदेश पठाउने तयारी गरिएको छ ।



    बुधबार सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चबाट फ्रान्सेली नागरिक शोभराजलाई जेलमुक्त गरेर १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश भएको छ ।



    कैद सजाय छुट पाउनुपर्ने भन्दै ०७५ कात्तिकमा शोभराजका तर्फबाट सर्वोच्चमा निवेदन दिइएको थियो । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई जेलमुक्त गर्ने आदेश गरेको हो ।

    शोभराजले १९ वर्ष कैद सजाय भोगिसकेका छन् । उनीमाथि २० भन्दा बढी व्यक्तिको हत्या गरेको अभियोग छ । उनीबाट भएका अधिकांश घटनामा महिला पीडित छन् ।

    सन् २००३ मा उनलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार