Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • युक्रेनी आक्रमणमा परेर रुसका पूर्व उपप्रधानमन्त्री घाइते

    युक्रेनी आक्रमणमा परेर रुसका पूर्व उपप्रधानमन्त्री घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 690
    SHARES

    एजेन्सी । युक्रेनले गरेको बम आक्रमणका रुसका एकजना पूर्व उपप्रधानमन्त्री घाइते भएका छन् ।

    पूर्वी युक्रेनको रुस नियन्त्रित क्षेत्रमा रहेको एउटा होटेलमा युक्रेनले बम आक्रमण गर्दा उनी घाइते भएका हुन् ।



    कुनै समय रुसको अन्तरिक्ष निकायको नेतृत्व गरेका दिमित्री रोगोजिनले आफूलाई चोट लागेको बताए ।



    दोनेत्स्क सहरको किनारामा भएको आक्रमणमा अर्को एक व्यक्तिको ज्यान गएको बताइएको छ ।

    यसै आक्रमणमा परेर रुसको प्रोक्सी दोनेत्स्क पिपुल्स रिपब्लिकका प्रमुख भिताली खोत्सेन्को पनि घाइते भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार