Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • भारतमा सेनाको ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु

    भारतमा सेनाको ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 705
    SHARES

    एजेन्सी । भारतको उत्तरी सिक्किममा सेनाको ट्रक दुर्घटना भएको छ। उक्त दुर्घटनामा परी १६ जना सैनिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    उत्तरी सिक्किमको लाचेनबाट १५ किलोमिटर टाढा जेमा क्षेत्रमा सो दुर्घटना भएको हो ।



    समाचारअनुसार सेनाका तीनवटा ट्रक शुक्रबार बिहान सेनाका जवान बोकेर चटनबाट थंगू जाँदै थिए ।



    जेमा क्षेत्रमा एक ट्रक सन्तुलन बिग्रेर भिरमा खसेको जनाइएको छ । घटनामा १६ जना सेनाका जवानको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार