Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सत्ता गठबन्धन टुटे एमाले पनि सरकारमा सामेल हुन्छ : ईश्वर पोखरेल

    सत्ता गठबन्धन टुटे एमाले पनि सरकारमा सामेल हुन्छ : ईश्वर पोखरेल

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 843
    SHARES

    धनकुटा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धन टुटे एमाले पनि सरकारमा सामेल हुनसक्ने बताएका छन् ।

    प्रेस चौतारी नेपाल धनकुटाले शनिबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हु्न् ।



    उनले अहिलेको सत्ता गठबन्धन नटुटेसम्म एमाले सरकार बनाउने खेलमा सहभागी नहुने बताए । पोखरेलले अहिलेको गठबन्धन लोकतन्त्र, मुलुकको हितमा नरहेकोले एमाले सरकार बनाउने खेलमा नरहेको प्रस्ट पारे ।



    उनलेले भर्खरै सम्पन्न निर्वाचनमा जनताले एमालेलाई सरकारले जाने जनादेश नदिएको र जनताले दिएको जनादेशलाई सम्मानका साथ लिएर अघि बढ्ने बताए ।

    तर गठबन्धन तोडेर कांग्रेस र माओवादी केन्द्र आए छलफल गर्न सकिने पोखरेलको तर्क छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार