Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जुम्लामा कार्यरत सेनाका कर्णेल मृत फेला

    जुम्लामा कार्यरत सेनाका कर्णेल मृत फेला

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 612
    SHARES

    फाइल तस्विर

    जुम्ला । नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) अञ्जन रुपाखेती मृत फेला परेका छन् । जुम्लामा कार्यरत रुपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

    नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत रुपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।



    परिवारका सदस्य आएपछि रुपाखेतीको शव पोष्टमार्टमका लागि पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।



    प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिको टिम नेपाली सेनाको २४ नम्बर बाहिनीमा पुगिसकेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार