Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • कर्णालीका नवनियुक्त सांसदले लिए शपथ

    कर्णालीका नवनियुक्त सांसदले लिए शपथ

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 438
    SHARES

    सुर्खेत । कर्णालीमा नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य नेकपा एमालेका विनोदकुमार शाहले शपथ गराएका हुन् ।

    नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहण गराउनुअघि शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए ।



    ज्येष्ठ सदस्य शाहले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम सांसदहरुलाई शपथ खुवाएका हुन् ।



    कर्णाली प्रदेश सभा ४० सदस्यीय छ । कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राप्रपाका एक/एक र एक जना स्वतन्त्र गरी ४० जना सांसद रहेका छन् ।

    जसमध्ये २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार