Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कैलालीबाट १४२ थान नक्कली नोट र साढे ५ केजी बाघको हड्डीसहित पाँचजना पक्राउ

    कैलालीबाट १४२ थान नक्कली नोट र साढे ५ केजी बाघको हड्डीसहित पाँचजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 1K
    SHARES

    कैलाली । कैलालीमा नक्कली नोट र बाघको हड्डीसहित पाँचजना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरको एसएस होटलबाट तीनजनासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा होटलमा कोठा लगेर बसेका दार्चुलाको लेकम गाउँपालिका ६ का ३३ वर्षीय लिलाधार मिश्र, डोटीको शिखर नगरपालिका– १० का ३० वर्षीय करन सिंह धामी र डोटीकै बडिकेदार गाउँपालिका १ का ५० वर्षीय मोहन सिंह बोहरा रहेका छन् ।



    उनीहरूमाथि अनुसन्धान गर्दै जादाँ धनगढीमै कोठा भाडामा लिएर बस्ने डोटीको शिखर नगरपालिका १० का १९ वर्षीय टेकेन्द्र धामी पनि पक्राउ परेका हुन् ।



    उनीहरूको साथबाट एक लाख ४२ हजार नक्कली नोट, पाँच किलो ५३० ग्राम बाघको हड्डीहरू र जडिबुटी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

    प्रहरीले यसअघि पुस ९ गते धनगढी उपमहानगरपालिका ४ बसपार्क स्थित साल्ट ट्रेडिङ कर्पोरेसन अगाडि नक्कली मुद्राको कारोबार गरिरहेको अवस्थामा कैलालीको चुरे गाउँपालिका ६ का ५५ वर्षीय लालबहादुर साउँदलाई पक्राउ गरेको थियो ।

    साउँदमाथि खानतलासी गर्ने क्रममा प्रहरीले एक हजार दरका चार थान नक्कली नोट फेला पारेको थियो । उनीसँग जोडिएकाहरूको खोजी गर्ने क्रममा प्रहरीले थप चारजनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार