Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मन्त्री बनाउनुपर्ने शर्तमा माओवादीमा प्रवेश गर्दै प्रभु साह

    मन्त्री बनाउनुपर्ने शर्तमा माओवादीमा प्रवेश गर्दै प्रभु साह

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 654
    SHARES

    काठमाडौं । प्रभु साह माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका छन् ।

    रौतहटको क्षेत्र ३ बाट स्वतन्त्र निर्वाचित सांसद साह मन्त्री पद पाए माओवादीमा प्रवेश गर्ने भएका हुन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा समर्थ गरेका थिए ।



    नेता साह मन्त्री बन्ने दौडमा रहेको बुझिएको छ । स्रोतका अनुसार साह कुन मन्त्रालय लिने बारे उच्चस्तरीय बैठकमा छलफल भइरहेको छ । डेढ वर्ष अगाडि माओवादी छाडेर नेता साह एमाले प्रवेश परेका थिए ।



    एमालेले टिकट नदिएपछि उनी रौतहट ३ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार