Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • म्याजिक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

    म्याजिक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १६ पुष २०७९
  • 669
    SHARES

    फाइल तस्विर

    रौतहट । गौर-चन्द्रपुर सडक खण्डको सखुअवा चोक नजिक सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    शनिबार साँझ माधवनारायण नगरपालिका–३ सखुअवामा ना १ ज ६७४९ नम्बरको म्याजिक जिप र बा ३९ प ८८६५ को नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।



    दुर्घटनामा मृत्यु हुनेमा माधवनारायण नगरपालिका-२ बस्ने ६५ वर्षीय परमात्मा प्रसाद साह र सोही नगरपालिका-३ बस्ने ५५ वर्षीय गोकर्ण यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।



    मोटरसाइकलमा सवार उनीहरु दुर्घटनामा गम्भीर घाइते भएका थिए र सुकदेवचोकस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । जिपका चालक चन्द्रपुर नगरपालिका–४ का २७ वर्षका महम्मद सहुल मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार