Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चुनाव हारेपछि ब्राजिलका राष्ट्रपति बोल्सोनारो विदेश पलायन

    चुनाव हारेपछि ब्राजिलका राष्ट्रपति बोल्सोनारो विदेश पलायन

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 507
    SHARES

    एजेन्सी । चुनावमा पराजित भएपछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले देश छोडेका छन् ।

    आफ्नो उत्तराधिकारीले शपथ लिनुभन्दा दुई दिनअघि नै बोल्सोनारो अमेरिका पलायन भएका हुन् ।



    उनी स्थानीय समयअनुसार अपराह्न २ बजे वायु सेनाको विमानबाट अमेरिकाको फ्लोरिडाका लागि प्रस्थान गरेको बताइएको छ ।



    अमेरिका पलायन भएसँगै बोल्सोनारोले नवनिर्वाचित राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग नलिने निश्चित भएको छ ।
    बोल्सोनारोले आफ्नो चुनावी हार स्वीकार गरेका छैन ।

    बोल्सोनारो प्राविधिक रूपमा थप दुई दिनका लागि राष्ट्रपति भने रहिरहनेछन् । राष्ट्रपतिमा लुइज इनासियो लुला डा सिल्भा विजयी भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार