Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • दंगा रोक्न नसकेको आरोपमा ब्राजिलका सेना प्रमुख जुलियो बर्खास्त

    दंगा रोक्न नसकेको आरोपमा ब्राजिलका सेना प्रमुख जुलियो बर्खास्त

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 822
    SHARES

    एजेन्सी । ब्राजिलका सेना प्रमुख जनरल जुलियो सेजर डे अरुडा बर्खास्त भएका छन् ।

    ब्राजिलमा यहि जनवरी ८ तारिखमा भएको संसद भवन, राष्ट्रपति भवन तथा सर्वोच्च अदालतमाथिको आक्रमण रोक्न प्रभावकारी भूमिका निभाउन नसकेको आरोपमा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सेना प्रमुख अरुडालाई बर्खास्त गरेका हुन् ।



    गत डिसेम्बर ३० मा सेनाको कमाण्ड सम्हाल्नु भएका सेनाप्रमुख अरुडालाई ३ हप्तामै पदबाट हटाइएको हो ।



    राष्ट्रपति लुइजले सशस्त्र बलका सदस्य र प्रदर्शनकारीहरुसँग मिलेर देशमा हिंसा भड्काएको आरोप लगाउँदै यसअघि पनि थुप्रै उच्च पदस्थ अधिकारीहरुलाई बर्खास्त गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार