Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पूर्वराष्ट्रपति बोल्सोनारोमाथि छानबिन गर्न ब्राजिलको सर्वोच्च अदालत सहमत

    पूर्वराष्ट्रपति बोल्सोनारोमाथि छानबिन गर्न ब्राजिलको सर्वोच्च अदालत सहमत

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 477
    SHARES

    एजेन्सी । ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोले देशको कङ्ग्रेस, सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयमा तोडफोड गर्ने अति दक्षिणपन्थी भीडलाई उक्साएको हो वा होइन भन्ने विषयमा अनुसन्धान गर्न ब्राजिलको सर्वोच्च अदालत सहमत भएको छ ।

    न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले पूर्वराष्ट्रपति बोल्सोनारोले दङ्गाको दुई दिनपछि फेसबुकमा पोस्ट गरेको भिडियोलाई उद्धृत गर्दै भएको अनुसन्धानमा बोल्सोनारोलाई समावेश गर्न अभियोजकको कार्यालयबाट अनुरोध गरेका थिए ।



    लुइज इनासियो लुला दा सिल्भालाई राष्ट्रपतिमा निर्वाचित नगरिएको तर सर्वोच्च अदालत र ब्राजिलको निर्वाचन प्राधिकरणले छानेको दाबी गरिएको छ ।



    तर, बोल्सोनारोले दङ्गापछि भिडियो पोस्ट गरेका र अर्को दिन यसलाई हटाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार