Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ब्राजिलको विद्यालयमा आक्रमण हुँदा चार बालबालिकाको मृत्यु, चार घाइते

    ब्राजिलको विद्यालयमा आक्रमण हुँदा चार बालबालिकाको मृत्यु, चार घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 378
    SHARES

    एजेन्सी । ब्राजिलको दक्षिणी क्षेत्रमा बुधबार एक पूर्वप्राथमिक विद्यालयमा आक्रमण गरी धारिलो हतियार प्रयोग गर्दा चार बालबालिकाको हत्या भएको छ ।

    सान्टा क्याटारिना राज्यका प्रहरी र सरकारी अधिकारीका अनुसार एक २५ वर्षीय आक्रमणकारीले बुधबार बिहान ब्लुमेनाउ सहरमा गुड सेफर्ड सेन्टर भनिने एक निजी विद्यालयमा गरेको आक्रमणमा अन्य चारजना घाइते भएका छन् ।



    राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आक्रमणको निन्दा गरेका छन् । राज्य सरकारको एक स्रोतले मृतकचारै जना बालबालिका रहेको पुष्टि गरेको छ ।



    सान्ता क्याटारिनाका गभर्नर जोर्गिन्हो मेलोले यस भयानक आक्रमणका लागि राज्यमा तीन दिनको शोकको घोषणा गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार