Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुदूरपश्चिमको दलको नेता छान्न कांग्रेस प्रदेश पदाधिकारी बैठक जारी

    सुदूरपश्चिमको दलको नेता छान्न कांग्रेस प्रदेश पदाधिकारी बैठक जारी

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 492
    SHARES

    धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता चयन गर्ने विषयमा प्रदेश कार्यालयमा छलफल भइरहेको छ ।

    दलको नेता बन्नका लागि ६ जनाले दाबी गरेकाले आपसमा सहमति गर्न छलफल भइरहेको स्रोतले बतायो ।



    यसअघि दलको नेता छनोट गर्न अझै एक साता लाग्न सक्ने बताइएको थियो ।



    सुदूरपश्चिममा संस्थापन समूहका प्रकाश देउवा र इतरका दिवानसिंह विष्टबीच प्रतिस्पर्धा हुने सम्भावना छ ।

    सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार