Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हिजाबबिना खेलेकी इरानी खेलाडीलाई चेतावनी, ‘स्वदेश नफर्किनू, जे पनि हुनसक्छ’

    हिजाबबिना खेलेकी इरानी खेलाडीलाई चेतावनी, ‘स्वदेश नफर्किनू, जे पनि हुनसक्छ’

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 642
    SHARES

    एजेन्सी । इरानकी चेस खेलाडी सारा खदीमलाई हिजाब नलगाएको भन्दै धम्की दिइएको छ ।

    सारा गत साता काजकिस्तानमा वर्ल्ड र्‍यापिड एन्ड ब्लिट्ज चेस च्याम्पियसिपमा हिजाब नलगाइ प्रतिस्पर्धामा सहभागी भएकी थिइन् ।



    स्वदेश नफर्किन धम्की आएपछि उनी स्पेन पुगको उनी निकट स्रोतको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।



    सारालाई फोन गरेर इरान नफर्किन र इरान फर्किए जे पनि हुन सक्ने भन्दै चेतावनी दिइएको बताइएको छ । यस्तै इरानमा रहेका उनका बुवा आमा र परिवारलाई पनि धम्की दिइएको छ ।

    सारा भने प्रतियोगिता सकाएर गत मंगलवार स्पेन पुगेकी थिइन् । उनले इन्टाग्राममार्फत उनले आफू उचित समयमा इरान फर्कने बताएकी छिन् । उनले प्रतियोगितामा आफ्नो उपस्थितिबारे सोधिएको प्रश्नको जवाफ इरानी चेस फेडेरेसन र खेल मन्त्रालयलाई नदिने बताएकी छिन् ।

    हिजाब नलगाएको आरोपमा सेप्टेम्बरको दोसो साता नैतिक प्रहरीको नियन्त्रणमा रहेकी एक युवतीको हिरासतमै मृत्युपछि इरानमा अभूतपूर्व ढंगले सरकारविरोधी प्रदर्शन चलिरहेको छ । प्रदर्शनका क्रममा कम्तीमा चार सय जनाको मृत्यु भएको छ भने हजारौँ पक्राउ परेका अधिकारवादी समूहहरूले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार