Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • नयाँ सरकार गठनका लागि गण्डकी प्रदेश प्रमुख गुरुङले गरे आव्हान

    नयाँ सरकार गठनका लागि गण्डकी प्रदेश प्रमुख गुरुङले गरे आव्हान

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 519
    SHARES

    काठमाडौं । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरेका छन् ।

    प्रदेश प्रमुखको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै २५ गते सोमबार दिउँसो ४ बजेभित्र मुख्यमन्त्री दाबी पेस गर्न दलहरुलाई आह्वान गरेको हो ।



    गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत नआएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउन आह्वान भएको हो ।



    प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसकने प्रदेश सभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ती गर्नका लागि पुस २५ गते ४ बजेभित्र दाबी पेश गर्न प्रदेश प्रमुखबाट आह्वान गर्नुभएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

    ६० सदस्यीय गण्डकी प्रदेशमा सरकार गठनका लागि ३१ सदस्य चाहिन्छ । गण्डकीमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने टुंगो लागेको छैन ।

    हाल भएको गठबन्धनअनुसार एमाले र माओवादीले आ–आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गर्दै आएका छन् । केन्द्रीय गठबन्धन अनुसार गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सदस्य छन् ।

    एकीकृत समाजवादीको एक सिट रहेको छ भने प्रदेशसभामा सबै भन्दा ठूलो दलको हैसियतमा कांग्रेससँग २७ सिट छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार