Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अर्थमन्त्री पौडेलले भने – विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ

    अर्थमन्त्री पौडेलले भने – विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 504
    SHARES

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसद्‍मा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै पौडेलले यस्तो बताएका हुन् । उनले संसद्‍मा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए।



    उनले भने, ‘वर्तमान सरकार केही महत्त्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित छौं । सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयारीमा हुनुहुन्छ ।



    पुस २६ गते सरकारले संसदसमक्ष संसद्‍मा विश्वासको मत लिने कार्यक्रम रहेको छ । विश्वासको मत लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।

    मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै मन्त्रिपरिषद् राष्ट्रिय अभिभारामा केन्द्रित भएर जनता र राष्ट्रका समस्यमा केन्द्रित भएर गतिशील रूपमा अगाडि बढ्नेछ ।’

    वर्तमान सरकार महत्त्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित भइरहेको मन्त्री पौडेलले बताए । सरकारले विश्वासको मत लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड लागेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार