Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा, नयाँ भाडा कहाँ कति ? (सूचीसहित)

    इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा, नयाँ भाडा कहाँ कति ? (सूचीसहित)

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 645
    SHARES

    काठमाडौं । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको हो।

    यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ८ हजार ३९५ रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ५१० रुपैयाँ तिरे पुग्नेछ । यससँगै धनगढीको अधिकतम भाडा १६ हजार १४० रुपैयाँमा झरेको छ ।



    काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६८५ रुर्पैयाँ भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा १४ हजार २०५ रुपैयाँ कायम भएको छ ।



    काठमाडौंबाट भद्रपुरका लागि ६०० रुपैयाँ भाडा घटेको छ । विराटनगरलाई ४८५, जनकपुरका लागि २६०, भरतपुरका लागि २१५, पोखराका लागि ३२० कम तिरे पुग्नेछ ।

    काठमाडौंबाट भैरहवाका लागि ४१०, नेपालगन्जमा ६५५, तुम्लिङटारका लागि ३७०, सिमराका लागि १८० , सुर्खेतका लागि ६९० र राजविराजका लागि ४११ रुपैयाँ भाडा कम भएको छ । यो भाडादर २७ पुसबाट लागु हुनेछ ।

    हेर्नुहोस् भाडादर सूचीः

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार