Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • आजदेखि हवाई भाडामा कर लाग्ने, भाडा ६ प्रतिशत बढ्यो

    आजदेखि हवाई भाडामा कर लाग्ने, भाडा ६ प्रतिशत बढ्यो

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 618
    SHARES

    फाइल तस्विर

    काठमाडौं । वायुसेवा कम्पनीहरूले आजदेखि लागु हुनेगरी हवाई भाडा ६ प्रतिशत वृद्धि गर्ने भएका छन् ।

    सरकारले मूल्य अभिवृद्धि कर लगाएको भन्दै नेपाल वायुसेवा सञ्चालक संघले आन्तरिक उडानमा भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।



    आर्थिक वर्ष २०८०/०८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ । सरकारले सेवा शुल्कबापत १३ प्रतिशत भ्याट लगाएको छ । तर, हवाई टिकटमा भ्याट कार्यान्वयन गरे पनि १३ प्रतिशतकै दरमा शुल्क नबढ्ने बताइएको छ ।



    हवाई इन्धन, कार्यालय सञ्चालनका सामग्री लगायतको खरिदमा तिरेको भ्याट कम्पनीहरूले फिर्ता पाउने भएकाले १३ प्रतिशत नै शुल्क नबढ्ने संघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार