Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • गण्डकीको मुख्यमन्त्रीमा एमाले नेता खगराजले गरे दाबी पेश

    गण्डकीको मुख्यमन्त्रीमा एमाले नेता खगराजले गरे दाबी पेश

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 528
    SHARES

    पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न एमाले संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गरेका छन् ।

    प्रदेश प्रमुखले दिएको समय सीमाको अन्तिम दिन अधिकारीले दाबी पेश गरेका हुन् ।



    ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ ३३ जना को समर्थनमा खगराजले मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका छन् ।



    एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की–१ ‘१’ बाट चुनाव जितेका हुन् ।

    एमालेले पूरै कार्यकालका लागि मुख्यमन्त्री पाएपछि मुख्यमन्त्री दाबी गर्दै आएका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले असन्तुष्टी जनाएका थिए ।

    तर, प्रदेशको भागबण्डाको टुंगो नलाग्ने ३ दलले सरकार गठनपछिको साझा एजेण्डाबारे र प्राथमिकताबारे शनिबारदेखि नै छलफल गरिरहेका छन् । गण्डकीमा माओवादीले सभामुख प्राप्त गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार