Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सीके राउतले भने – हामीसँग आवेगमात्र होइन अग्रजप्रति सम्मान पनि छ

    सीके राउतले भने – हामीसँग आवेगमात्र होइन अग्रजप्रति सम्मान पनि छ

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 483
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफ्नो पार्टी लागि पर्ने बताएका छन्।

    प्रधानमन्त्रीले आफूहरूलाई स्वागत गर्दा नयाँ सोच र हुटहुटी आवेगलाई सम्बोधन गर्ने प्रतिवद्धता सुखद रहेको बताएका हुन् ।जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफ फर्काएका छन् ।



    राउतले भने, ‘हामीलाई देशमा केही गरौँ भन्ने आवेग छ। यो आवेगमात्र होइन् अग्रजप्रति सम्मान पनि छ।’



    मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ दलबाट आएका सांसदहरुको मनमा आवेग र हुटुहुटी भएको बताएपछि अध्यक्ष राउतले त्यसको जवाफ फर्काएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिँदै अध्यक्ष राउतले भने, ‘प्रधानमन्त्रीज्यूले नयाँ दलहरुको आगमनलाई स्वागत पनि गर्नुभयो । र भन्नुभयो उहाँहरुसँग आवेग पनि छ ।

    हामीसँग आवेग मात्रै होइन अग्रजहरुपनि ढुक्क रहन आग्रह गर्न चाहन्छु । हामीभित्र देखिएको आवेग जनताभित्र रहेको परिवर्तनको आकँंक्ष मात्रै हो। देखिएको परिवर्तनको उर्जा मात्रै हो ।’

    उनले अहिले देशमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता समेत जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार