Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • गण्डकीमा सभामुख पदका लागि आज निर्वाचन हुँदै

    गण्डकीमा सभामुख पदका लागि आज निर्वाचन हुँदै

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 462
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशको सभामुख पदका लागि शनिबार निर्वाचन हुँदैछ । सभामुख निर्वाचनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

    प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेशसभामुख चयन गर्न शनिबार बैठक बोलाएका हुन् ।



    गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)लाई सभामुख दिने सहमति भएको छ । सहमतिअनुसार सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार बन्ने छन् ।



    प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार