Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • गण्डकी प्रदेश सभामुख कृष्णप्रसाद धितालले लिए शपथ

    गण्डकी प्रदेश सभामुख कृष्णप्रसाद धितालले लिए शपथ

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 486
    SHARES

    कास्की । गण्डकी प्रदेशका सभामुखमा कृष्णप्रसाद धितालले शपथ लिएका छन् ।

    प्रदेशसभाबाट शनिबार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफ्नै निवास सिमलचौरमा एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।



    शपथ ग्रहण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मन्त्रीहरू, प्रतिपक्षी दलका नेता तथा गण्डकी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद लगायतको उपस्थिति रहेको थियो। सभामुखमा निर्वाचित धिताल गोरखा १ (१) बाट निर्वाचित सांसद हुन्।



    शनिबार सम्पन्न निर्वाचनमा सभामुख धितालले ३२ मत प्राप्त गरेका थिए भने उनको विपक्षमा २६ मत खसेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार