Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • यती जहाज दुर्घटना : तीनजना अझै बेपत्ता, राति पनि खोजी गरिने

    यती जहाज दुर्घटना : तीनजना अझै बेपत्ता, राति पनि खोजी गरिने

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 885
    SHARES

    कास्की । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको जहाज दुर्घटनाको खोजी कार्य राति पनि जारी राखिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राति पनि बत्ती जडान गरी खोजी गर्न लागिएको हो।

    उनका अनुसार जहाजमा रहेका ३ जना अझै बेपत्ता छन् । अहिलेसम्म ६९ जनाको शव फेला परेको र तीमध्ये ४७ जनाको शव गण्डकी अस्पतालमा पुर्‍याइएको छ ।



    बाँकी २२ शव पनि अस्पतालमा पुर्‍याउने तयारी भइरहेको सिडिओ केसीले बताए। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खोजीमा खटिएका छन् । शव भेटिएकामध्ये ११ जनाको सनाखत भइसकेको छ ।



    पोखराको विमानस्थल नजिकै सेती नदी खोँचमा यतीको ९एन–एएनसी एटीआर७२ जहाज दुर्घटना भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार