Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • यती विमान दुर्घटना : जाँचबुझ आयोगले बुझायो पर्यटनमन्त्री किरातीलाई प्रतिवेदन

    यती विमान दुर्घटना : जाँचबुझ आयोगले बुझायो पर्यटनमन्त्री किरातीलाई प्रतिवेदन

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । यति एयरलायन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई प्रतिवेदन बुझाएको छ ।

    आठ महिनाअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको दुर्घटनाबारे जाँचबुझ आयोगले तयार पारेको अन्तिम प्रतिवेदनको मस्यौदा मन्त्री किरातीलाई बुझाइएको हो । गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको एटीआर विमान दुर्घटनामा परेको थियो ।



    घटनालगत्तै सरकारले पूर्वसचिव नगेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले यसअघि प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै यतिको दुर्घटना मानविय (चालक दल) का कारण भएको जनाएको थियो । बिहीबार आयोगले बुझाएको प्रतिवेदनमा पनि जहाज प्राविधिक कारणले दुर्घटना नभएको उल्लेख छ ।



    पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको उक्त घटनामा चालकदलका ४ सदस्य र ६८ यात्रुसहित जहाजमा सवार सबै ७२ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार