Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पोखरा विमान दुर्घटना : ६ जनाको अवस्था अझै अज्ञात, हुस्सुले उद्धारमा समस्या

    पोखरा विमान दुर्घटना : ६ जनाको अवस्था अझै अज्ञात, हुस्सुले उद्धारमा समस्या

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 537
    SHARES

    कास्की । आइतबार बिहान पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये ६ जना अझै बेपत्ता छन् । आइतबार साँझसम्म गरिएको खोजीमा ६६ जनाको शव फेला परेका थिए ।

    रातको समयमा उद्धार गर्न नसकिएकाले सोमबार बिहानैदेखि खोजी कार्य सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका सीडीओ टेक बहादुर केसीका अनुसार अब ६ जना फेला पर्न बाँकी छन ।



    ‘हिजो ४ वटा बाँकी छ भनेर भन्यौं। दौडधुपका कारण मिसइन्फरमेशन गएछ । अब ६ जना भेट्न बाँकी छ। पछि हामीले त्यो बुझियो। प्लेन तीन टुक्रा भएको थियो। हामीले खोजी पनि ३ तिरबाटै गरेका थियौं। सोही कारण यस्तो भयो,’ उनले भने ।



    बिहानैदेखि उद्धार टोली खटिएको भएपनि हुस्सु लागेका कारण समस्या भएको उनको भनाई छ । उनीहरुको खोजीका लागि सशस्त्रको १५ जना गोताखोरको टोली खटिएको छ।

    यस्तै पहिचान भएका पोखरा तथा आसपासका क्षेत्रका व्यक्तिका शव भने सोमबार पोखराबाटै परिवार तथा आफन्तको जिम्मा लगाइने भएको छ।

    काठमाडौंका र विदेशी यात्रुका शव भने हेलिकप्टरमार्फत काठमाडौं लगेर परिवारलाई जिम्मा लगाउने तयारी गरिएको छ। उक्त एअरलाइन्समा ७२ जना सवार थिए।

    जसमा १५ जना विदेशी यात्रु थिए भने ५३ जना नेपाली र चार जना चालक दलका सदस्य सवार थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार