Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • दुर्घटनाग्रस्त विमानका तीन रूप

    दुर्घटनाग्रस्त विमानका तीन रूप

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 699
    SHARES

    काठमाडौं । यती एयरको दुर्घटना भएको कल साइन ९एन–एएनसीको एटीआर ७२ ५०० विमानले १५ वर्ष छ महिना उडान गरेको छ । विमान फ्रान्सेली र इटालीको संयुक्त लगानीको कम्पनी एरोस्पेसले निर्माण गरेको हो ।

    यो विमान सर्वप्रथम सन् २००७ अगस्ट १७ मा भारतको किङ्फिसर एयरलान्सले ल्याएको थियो । त्यसबेला उक्त विमानको कल साइन भीटी–केएजे रहेको थियो ।



    त्यसपछि सन् २०१२ मा उक्त विमान लिज बिक्रीका लागि राखिएको थियो । त्यसैअनुसार सन् २०१३ अप्रिल १ मा थाइल्यान्डको नोक एयरले एचएस–डीआरडी कलसाइनमा उक्त विमान लिएर चलायो । त्यसपछि सन् २०१८ मा उक्त विमान फेरि लिज बिक्रीका लागि राखियो ।



    सन् २०१९ अप्रिल २६ मा यती एयरलाइन्सले लिजमा ल्याएर कल साइन ९एन–एएनसीमा उडाउन थालेको हो । दुर्घटना भएको दिन पनि काठमाडौँ–पोखरा रुटमा तेस्रो उडानका क्रममा अवतरण गर्न लाग्दा दुर्घटना भएको हो ।

    पोखरामा आइतबार दुर्घटनामा परेको जहाज यही पुस ७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो । उक्त जहाजले पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरेको थियो । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार