Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • यती जहाज दुर्घटना : २६ जनाको पहिचान खुल्यो [नामावलीसहित]

    यती जहाज दुर्घटना : २६ जनाको पहिचान खुल्यो [नामावलीसहित]

    शव आफन्तलाई जिम्मा लगाइँदै

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 576
    SHARES

    कास्की । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये ६६ जनाको शव फेला परेको छ । फेला परेका ६६ शवमध्ये २६ जनाको पहिचान खुलेको छ । ६३ जनाको शव पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पाँच जनाको शव देखिए पनि सेती खोँचबाट निकाल्न सकिएको छैन ।

    पहिचान भएकाहरुमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भइ अहिले बालाजु बस्ने सङ्गीता शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ र उहाँकी श्रीमती डा. सोना दिवाकर र पर्वतको कुष्मा १ का १० वर्षका रियान पौडेल रहेका छन् ।



    यस्तै पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुष्मा ९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उनकी ११ वर्षकी छोरी प्रसिद्धि, पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा २२ का रक्की गुरुङको पहिचान खुलेको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।



    यसैगरी रुपन्देही शङ्करनगर ८ का डा. गणेश थापा, काठमाण्डौकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको पहिचान खुलेको बताइएको छ । पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने तयारी छ ।

    दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए।

    काठमाडौंका र विदेशी यात्रुका शव भने हेलिकप्टरमार्फत काठमाडौं लगेर परिवारलाई जिम्मा लगाउने तयारी गरिएको छ। उक्त एअरलाइन्समा ७२ जना सवार थिए। जसमा १५ जना विदेशी यात्रु थिए भने ५३ जना नेपाली र चार जना चालक दलका सदस्य सवार थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार