Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • गण्डकीको उपसभामुख निर्वाचनअघि शोक प्रस्ताव पारित गरिने

    गण्डकीको उपसभामुख निर्वाचनअघि शोक प्रस्ताव पारित गरिने

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 528
    SHARES

    पोखरा । गण्डकी प्रदेशको उपसभामुख निर्वाचनअघि शोक प्रस्ताव पारित गरिने भएको छ ।

    संसद सचिवालयका अनुसार पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा शोक प्रस्ताव पारित गर्न लागिएको हो ।



    शोक प्रस्ताव पारित भएपछि उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुनेछ । उपसभामुखका लागि नेकपा एमालेवाट बाग्लुङकी बिनाकुमार थापा तथा कांग्रेसबाट लम्जुङकी पार्वती तामाङले उम्मेदवारी दर्ता गराएका छन ।



    पोखरा विमान दुर्घटनामा सरकारले राष्ट्रिय शोक घोषणा गरेपछि मधेस प्रदेश र सुदुरपश्चिम प्रदेशको सभा स्थगित भएको थियो । तर, उपसभामुख चयन गर्नुपर्ने समयसीमाको संवैधानिक बाध्यताका कारण गण्डकीमा उपसभामुख चयन हुन लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार