Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • यती विमान दुर्घटना : २४ शवको पोस्टमार्टम पोखरामै

    यती विमान दुर्घटना : २४ शवको पोस्टमार्टम पोखरामै

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 513
    SHARES

    कास्की । यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका २४ जनाको पोस्टमार्टम पोखरामै हुने भएको छ ।

    कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका ६९ शवमध्ये पहिचान भएका २४ शवको पोखरामै पोष्टमार्टम गरी आफन्तलाई बुझाइन लागिएको हो ।



    शनाखत भइसकेका पोखराका स्थानीय र पारिवारले सोही स्थानमा बुझ्न तयार भएका २४ शवको आज पोस्टमार्टन गर्न लागिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।



    पोस्टमार्टम सकिएसँगै शव परिवारलाई जिम्मा लगाइने अस्पतालले जनाएको छ । बाँकी शव काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाउन लागिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार