Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • यती विमान दुर्घटना

    चालक दलसहित पहिचान नखुलेका शव मंगलबार काठमाडौं ल्याइने

    चालक दलसहित पहिचान नखुलेका शव मंगलबार काठमाडौं ल्याइने

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 450
    SHARES

    काठमाडौं । आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनामा मृत्यु पुष्टि भएकामध्ये चालक दलका सदस्य , विदेशी नागरिक र पहिचान नखुलेका शवहरु मंगलबार काठमाडौं ल्याइने भएको छ ।

    आज नै उनीहरूको शव काठमाडौं लग्ने तयारी थियो । तर, कमजोर भिजिबिलिटी र शवको व्यवस्थापनमा ढिलाइ भएकाले अब भोलिमात्रै काठमाडौं लगिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।



    उनीहरूको शव शिक्षण अस्पताल लगिने छ । शव लिनका लागि हेलिकप्टर भने सोमबार नै पोखरा पुगिसकेको छ ।



    पोखरामा २४ जनाको शवको मात्र पोस्टमार्टम हुने भएको छ । पोखराको सेती खोँचमा भएको सो विमान दुर्घटनामा ६९ को शव फेला परेको छ । तीन यात्रुको अवस्था भने अझै अज्ञात छ। बेपत्ताको खोजीकार्य जारी रहेको जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार