Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चीनमा केमिकल प्लान्ट बिस्फोट : पाँच जनाको मृत्यु, ८ बेपत्ता

    चीनमा केमिकल प्लान्ट बिस्फोट : पाँच जनाको मृत्यु, ८ बेपत्ता

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 561
    SHARES

    फाइल तस्विर

    एजेन्सी । चीनको ल्याओनिङ प्रान्तको फानजीनमा केमिकल प्लान्ट बिस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । ८ जना बेपत्ता छन्। साथै ३४ जना घाइत भएका छन् । जसमा चार जनाको अवस्था गम्भीर छ ।

    स्थानीय समयअनुसार आइतबार १ बजेर २५ मिनेट जाँदा यो घटना भएको हो । घटनाबारे अनुसन्धान भइरहेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन्।



    सीसीटीभीले सार्वजनिक गरेको भिडियो र तस्बिरमा कारखानाबाट बाक्लो धुवाँ र आगोको मुस्लो देखिन्छ भने प्लान्टबाहिर हेल्मेट लगाएका अग्निनियन्त्रकहरूको एक समूह देखिएको छ ।



    फानजीनमा रहेको फानचिन हाओए केमिकल प्लान्टमा मर्मत सम्भारका क्रममा उक्त बिस्फोट भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार