Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कैलालीमा राजमार्गमै बिस्फोट, चारजना घाइते

    कैलालीमा राजमार्गमै बिस्फोट, चारजना घाइते

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    कैलाली । डडेलधुरा राजमार्गअन्तर्गत कैलालीको भासुभिर सडक खण्डमा बुधबार साँझ बिस्फोटक पदार्थ बिस्फोट हुँदा चार जना घाइते भएका छन्।

    सडक मर्मतसम्भार गर्दै गरेको अवस्थामा बिस्फोट भएको हो। बिस्फोटबाट एस्काभेटरका चालक डडेलधुराको आलिताल गाउँपालिकाका २४ वर्षीय विकास थापा, कैलालीको चुरे गाउँपालिकाका ४५ वर्षीय वसन्त खड्का, सुर्खेत घर भई कञ्चनपुर बस्दै आएका रोलर अपरेटर २२ वर्षीय हीरा थापा र विराटनगर घर भई कञ्चनपुर बस्दै आएका ३५ वर्षीय नवीन देव घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।



    एस्काभेटरले सडकखण्ड फराकिलो पार्ने क्रममा अचानक बिस्फोट भएको हो। घटनालगत्तै फलटुँडेबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो।



    चारैजनाको अनुहार र आँखामा चोट लागेको छ। उनीहरु बोल्नसक्ने अवस्थामा रहेका प्रहरी नायब उपरीक्षक चन्दले बताए। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइते सबै कामदार रहेको बताइएको छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार