Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • यती जहाज दुर्घटना : सेतीको खोँचबाट थप एक जनाको शव फेला, दुई अझै भेटिएनन्

    यती जहाज दुर्घटना : सेतीको खोँचबाट थप एक जनाको शव फेला, दुई अझै भेटिएनन्

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 807
    SHARES

    कास्की । यती एयरलाइन्स विमान दुर्घटनामा परेर बेपत्ता रहेका थप एकजनाको शव फेला परेको छ । योसँगै ७० जनाको शव फेला गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    उक्त फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । अब दुई जनाको शव भेटिन बाँकी छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार वेपत्ताको खोजी कार्य भोलि गरिने छ ।



    शव खोज्न आज ड्रोनको समेत प्रयोग गरिएको थियो । भोलि बिहान ४ वटा ड्रोनसहित सम्भावित ठाउँहरुमा खोजी गरिने प्रहरीले जनाएको छ ।



    आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर७२ जहाज करिव ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार