Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • यती विमान दुर्घटना

    चालक दलका सदस्यसहित सनाखत नभएका शव आज काठमाडौं ल्याइँदै

    चालक दलका सदस्यसहित सनाखत नभएका शव आज काठमाडौं ल्याइँदै

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 423
    SHARES

    कास्की । पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव मंगलबार हेलिकप्टरबाट काठमाठौँ ल्याइने भएको छ ।

    दुर्घटनामा परेकामध्ये पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकोप्टरबाट आज बिहान ८ बजे काठमाडौं ल्याउन लागिएको हो । शव काठमाडौं ल्याउन सोमबार नै सेनाको हेलिकप्टर पोखरा पुगेको थियो।



    उनकाअनुसार आफन्तबाट पहिचान भएका शवहरु पोखरामा नै शवपरीक्षण गरी परिवारलाई हस्तान्तरण गरिने छ।



    पहिचान हुन नसकेका शवको हवाई दुर्घटनाको अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार मृतकको शरीरको भिसेरा र डिएनए परीक्षण लगायतका अन्य आवश्यक प्रक्रिया पूरा गरेर मात्र हस्तान्तरण गर्न सकिने राय काठमाडौँबाट गएका फरेन्सिक विभागका चिकित्सकहरुले दिएका छन् ।

    हालसम्म ७० जनाको शव फेला परेको छ । दुई जनाको शव अझै फेला परेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार